विपि स्मृति एमेचर फुटसल सुरु पहिलो दिन १४ खेल सम्पन्न

पाेखरा | साउन ६, २०८२

विपि स्मृति एमेचर फुटसल सुरु पहिलो दिन १४ खेल सम्पन्न

पोखरा:  पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिता सुरु भएको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा आजबाट प्रतियोगिता सुरु भएको हो । 


युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । जननायक विपि कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलाप नीति कायम गराएका थिए । 


मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गरेको हो । 


प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुदत्त बरालले राज्यले खेलकुदमा लगानी बढाउन आवश्यकता रहेको बताए । विपि कोइरालाको सोँच र विचार राष्ट्रिय एकता र मेलमिलाप भएको सुनाउँदै अबको समयमा त्यो खेलकुदबाट सम्भव रहेको बताए । 


युवाहरुको रोजाइ नै खेलकुद क्षेत्र रहेकाले यसमा राज्यले लगानी बढाइ खेलकुदलाई व्यवसायिकता बनाउनुपर्नेमा उनको जोड थियो ।  


प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान दुई÷दुई हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए । 


युवाको प्रतिभा उजागर गर्न र स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको अमित र अन्तिमले बताए । 


दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहको छ । प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । 


सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन भने, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युवा क्लबको सहयोग रहेको छ ।
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्